Advertisement
SKIP THIS
देशभर  कोरोना संक्रमितको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन सरकार र अन्तराष्ट्रिय समुदायसँग आग्रह

काठमाडौँ :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको उपचारका लागि आवश्यम व्यवस्था मिलाउन सरकार र अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

शुक्रबार साँझ देउवाले विज्ञप्ति जारी गर्दै उपचार नपाएर छटपटिरहेका संक्रमितका लागि अक्सिजन, आइसियू बेड, खोपलगायतका औषधिको तत्काल व्यवस्था गर्न माग गरेका हुन्।

‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न माग गर्दछुु देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले स्वास्थ्य मापदण्डको पालना गर्न समेत आम जनतालाई आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया