कमल रावल,अछाम :मंगलसेन नगरपालिकाले नगरका १४ वटै वडामा एन्टिजेन बिधिबाट गरेको कोरोना परिक्षणमा १ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १४ वटै वडामा १ सय ५४ जना पुरुष र ५९ जना महिलाको गरि २ सय १३ जनाको कोरोनाको परिक्षण गर्दा १ सय ३९ जनामा रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका सुचना अधिकारी विष्णु प्रसाद जैसिले बताए ।
जसमा ७४ जनाको रिपोर्ट भने पोजेटिभ आएको छ । जसमा २८ जना महिला र ४६ जना पुरुष रहेका जैसिले बताए । संक्रमित सबैको चाडै स्वास्थ्य लाभको कामना सहित जनस्वास्थ्यका मापदण्ड पालना गरि सुरक्षित घरमा बसि कारोनाबाट आफुपनि सुरक्षित रहुँ र समुदायलाई पनि सुरक्षित राख्न सुचना अधिकारी जैसीको अाग्रह रहेको छ ।
संक्रमितको सबैको स्वास्थ्य सामान्य रहेको र अधिकाँश होम आईसुलेशनमा रहेका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीले बताए । बैशाख १८ गतेदेखि २३ गतेसम्म नगरका १४ वटै स्वास्थ्य संस्थामा परिक्षण गरिएको थियो ।










