Advertisement
SKIP THIS
भरुवा बन्दुकले हानी शिक्षकको हत्या

ताप्लेजुङ :ताप्लेजुङ जिल्ला मेरिङदेन गाऊपालिका २ जिदिमाका २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् ।

बिहीबार बेलुका साढे ५ बजे स्थानीय जालपादेवी निम्न माध्यमिक विद्यालयमा कार्यरत शिक्षक खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले एक्कासी बन्दुकले हानी हत्या गरेका हुन । उनलाई प्रहरी चौकी सान्थाक्राबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

आकाशले प्रयोग गरेको भरुवा बन्दुक भने घटनास्थल देखी अन्दाजी ७० मिटर टाढा बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हत्या गरेको कारण भने तत्काल नखुलेको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया