दिनको आश ऋणको रात लुकाउदै बाचेको छु
प्रेमलापका उच्चा कद ति झुकाउदै बाचेको छु
छैन? भएन कहिले पनि औसि जस्तो काल टर्यो
प्रतिबिम्बित मनको कुण्ठा फुकाउदै बाचेको छु !
लुकाउने सिकाउछ निर्धक्क छ पोल्टा पनि
मन मैलो जागे हजुर चुक्चुकाउदै बाचेको छु
नफुलेको वृक्ष! सुन ध्यान तान्न फुले राम्रो
गति सङ्ग घटना देख्छु रुकाउदै बाचेको छु !!
गित जाबो मीत जस्ता हुन्छन होला साथी,
दिनको आश ऋणको रात लुकाउदै बाचेको छु !!!
नियमित साहित्य लेखनकार
अमरदिप शर्मा साफेबगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हुन