डोटी:नेपाल पत्रकार महासंघकोे ६६औं स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ डोटीले सुजङ्ग अस्पताल राजपुर डोटीमा उपचाररत आठ जना बेड भर्ना बिरामीहरुलाई फलफूल एवं माक्स वितरण गरेको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष योगेन्द्र बहादुर बलायरको संयोजकत्वमा फलफुल एवं माक्स वितरण गरिएको सुजङ्ग अस्पताल राजपुर डोटीका निर्देशक अर्जुन वलायर ले जानकारी दिए ।
फलफूल तथा माक्सबितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारी लगायत अन्य पत्रकारको सहभागिता रहेको थियो।