Advertisement
SKIP THIS
कोरोना कलह,सुस्तायो अछामी होली

निराकरण सम्वाददाता अछाम:विगतका वर्षहरूमा हर्षोल्लासका साथ खेलिने अछामी होलीको रौनक केही बर्ष यता घट्दै गएको छ ।केही बर्ष पहिले होली मनाउन कै लागि भारत लगायत.अन्य देशमा रोजगारी गर्न गएका अछामीहरू घर फर्किने गरेका भएपनि कोरोना कहर, बसाइ सरी जानेको सङख्या बढै जानु,सस्कृतीमा युवा पुस्ताको चासो नहुनुका कारण होलीको रौनक घट्दै गएको हो ।

सरकारले पनि होली खेल्दा सचेत अपनाउन आग्रह गरेका कारण यस बर्ष झनै होलीको रौनक सुस्ताएको हो । पहिले पहिले होलीका बेला गाउँघरका पटकानी होली खेल्ने गरे पनि पछिल्लो समयमा खाली हुने गरेका बान्नीगढी जयगढ गाउँपालीका वडा नं १ गाज्राका अनिल खड्काले बताए।अछामका गाउँघरमा टोल टोलमा अछामी होली खेलिन्छ ।

महाशिव रात्रीको दिनबाट अछाममा रात्री होली सुरुवात गरिन्छ , हरेक साँझ सेतो कुर्ता र जामामा सजिएका मानिसको गोलबद्ध समूहले देउडाको लयमामथुरा, कालीकुमाउनी र गढ वालीलवजका ‘होरी’ गीतगाउने चलन छ ।

एक अर्कालाई होलीको टीका लगाएर ड्यौडिया भाकामा गाइएका श्रीकृष्ण, राधा मैयाँ, गोपिनी र राम भगवानका चरित्र गाथाले अछामी होरी झन् आकर्षक बन्ने गरेको छ । पूर्णिमाको राति होलीका दहन गरिन्छ ।

द्वापर युगमाश्रीकृष्णलाई मार्नकालागिमामाकंशले आफ्नी बहिनी होलीकालाई पठाएको र कृष्णलाई मार्ने प्रपञ्चमा होलीकाको नै अन्त्य भएको खुसीयालीमा होरी खेल्ने चलन सुरु गरिएको शास्त्रीय भनाई रहेको छ ।

 

तपाईको प्रतिक्रिया