Advertisement
SKIP THIS
जातिय हिंसा र छुवाछूत विरुद्धको अभियान भब्यतासाथ सम्पन्न

सुरत सुनार अछाम, चैत ९ :जातिय हिंसा र छुवाछूत विरुद्ध हामी, जातिवाद विरुद्ध युवा, भन्ने मुल नाराका साथ हिजो अछामको मेल्लेख गाउँपालिकाको वडा नं ७ मा ५६ औं अन्तराष्ट्रिय जाति विभेद उन्मुलन दिवश भव्य र सव्यरुपमा सम्पन्न भएको छ ।

दलित सञ्जाल नन्देगडाको आयोजना र दलित सेवा सङ्घ, तथा डिसीएको आर्थिक सहयोग र मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडा वडा कार्यालयको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

जातीय हिंसा तथा छुवाछुतको अन्त्य गरौ भन्ने मुल नारा सहित लेखिएको पेलेकार्ड बोक्दै अछामको मेल्लेख गाउँपालिकाको नं वडा ७ को वडा कार्यालय देखि नन्देगडा बजार पुरै परिक्रमा गरिएको दलित सेवा सङ्घ अछामले जनाएको छ ।

मेल्लेख गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष नरबहादुर साउँदले भन्नुभयो, पुस्तौ देखि अहिले सम्म याहाँका अधिकाशं दलित समुदायहरुका मानिसले जातीय हिंसा तथा छुवाछुद विभेद मारमा पर्दै आएको अव देखि यस्तो व्यवहारको अन्त्य हुन जरुरी छ ।

उहाँले भन्नुभयो, एक्काइसौ शब्तादी सम्म पनि दलित माथी यस्तो कुकार्य भएकोले यो कुपर्थाको अन्त्यका लागि वडापालिका सधै निरन्तर लागि पर्ने छ ।राजनितिक परिवर्तनका लागि दलित समुदायको भौतिक उपस्थिति हुने भएपनि समाजिक क्षेत्रमा यीनै समुदायका मानिसलाई अहिलेृ पनि निकै विभिेद हुने भएकेले यस्को व्यवाहारको अन्त्य हुने पर्ने र आगामी दिनमा यस्ता जातीय विभेद गर्ने जो सुकैलाई कानुनीरुपमा कार्वाही गर्दै आजु पर्ने मेल्लेख गाउँपालिकालवडा नं ७ वडा स्तरी दलित सञ्जालका अध्यक्ष मोतिसिंह भूलले बताउनुभयो, ।

कुनै पनि व्यक्तीलाई निजको उत्पती जात जाती समुदाय पेशा व्यवसाय शारिरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सावैजर्निक स्थानमा कुनै पनि प्रकारको भेदभाव गर्न नपाइने र यदी कसैले यो कार्य गरेमा सो व्यक्तीलाई तीन महिना देखि तीन वर्ष र तीन हजार देखि २५ हजार जरीवाना हुने नेपालको संविधानमा उल्लेख भएपनि यो अहिले कागजमा मात्र सिमित भएको दलित सेवा अछामका सचिव टंक ताम्राकारले बताए ।

जातीय हिसा तथा छुवाछुद विरुद्धको अभियान कार्यक्रममको अध्यक्षता मोतिसिह भूलले गर्नु भएको थियो भने प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका ७ का वडा अध्यक्ष नरबहादुर साउँद रहुन भएको थियो ।
त्यस्तै विशिष्ट गरेको वडा सदस्य अमर विक टङ्क बुढा जानकी साउँद महिला सञ्जाल अध्यक्ष विर्मला खड्का उपाध्यक्ष जानकी साउँद, दलित, महिला ,दलित सेवा सङ्घ इल्डर परियोजना लेखा तथा प्रशासन दिनेश कडारा फिल्ड सुपर भाइजर सुरत सुनार रहनु भएको थियो ।

दुइ सय भन्दाबढीको सहभागीता रहेको कार्यक्रमको सञ्चालन दलित सेवा सचिव भजन विकले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया