Advertisement
SKIP THIS
६ बर्षमा १ सय ६१ गैंडा मरे

चितवन: दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको गणना सोमबार सुरु हुँदै छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको हो । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

उक्त गणनाले त्यसबेला चितवन निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा रहेको देखाएको थियो । गणनापछि चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा गरेर १ सय ६१ गैंडा मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन् ।

‘तीमध्ये चोरी सिकारीले मारेका गैंडा जम्मा ६ वटा छन् । १ सय ५५ वटा बूढो भएर र प्राकृतिक कालगतिसँगै केही दुर्घटनामा परेर मरेका हुन्,’ उनले भने । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया