Advertisement
SKIP THIS
भीम रावललाई फकाउन उनकै निवासमा पुगे माधव नेपाल

काठमाडौं :नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् ।

बुधबार बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न पुगेका हुन् ।

सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राखेका रावल माधव नेपालका मुख्य सहयोगी थिए ।

तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावल असन्तुष्ट भएर राजीनामा दिइसकेका छन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

तपाईको प्रतिक्रिया