अछाम:अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापनाको निर्णय कार्यान्वयन गराउन गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ।बुधबार साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर नेतृत्वको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएको हो।
यस अघिको सरकारले साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको भए पनि वर्तमान सरकारले उक्त निर्णय कार्यान्वयन नगरेपछि सरोकारवाला तातेका हुन्।
नगर प्रमुख कुँवरले गृहमन्त्री अर्यालले इलाका प्रशासन स्थापनाका लागि तत्काल पहल गर्न सचिवलाई निर्देशन दिएको जानकारी दिए।









