अछाम :अछाम स्थित बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियूक्त भएका छन् ।सुदूरपश्चिम प्रदेश सरकारको मंसिर २ गते बसेको मन्त्रीपरिषदको बैठकले डा. पाठकलाई कार्यकारी निर्देशक ११ औँ तहमा नियूक्त गर्ने निर्णय गरेको थियो ।
बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश २०८२ को दफा ४ को उपदफा ३ बमोजिम कार्यकारी निर्देशकमा नियूक्त गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धुलिखेन नगरपालिका वडा नं. ११ काभ्रेपलान्चोक घर भएका डा. पाठक बिगत १० बर्ष देखि न्याय हेल्थ नेपालसंग आवद्ध भई बयालपाटा अस्पतालमा अस्पताल निर्देशकका रुपमा कार्यरत रहेका थिए ।
बयालपाटा अस्पताल भाद्र १ गते देखि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत गएपछि उनलाई नै जिम्मेवारी दिने गरी सामाजिक विकास मन्त्रालयले काम अघि बढाएको थियो ।










