Advertisement
SKIP THIS
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युु’दण्डको सजाय

काठमाडौं:अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण-१ ले बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना र दुई शीर्ष सहयोगीहरूलाई जुलाई विद्रोहको समयमा गरिएको मानवता विरुद्धको अपराधको दोषी ठहर गरेको छ ।

अन्य दुई जना पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल-मामुन हुन् ।

न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय न्यायाधिकरणले अझै पनि ४५३ पृष्ठको फैसलाको अन्तिम भाग पढिरहेको दडेलीटारले उल्लेख गरेको छ ।

७८ वर्षीया हसिनाले गत वर्ष अगस्ट ५ मा भएको विद्यार्थी नेतृत्वको विद्रोहलाई दबाउन घातक कारबाहीको आदेश दिएको आरोपमा मुद्दाको सामना गर्न भारतबाट फर्कन न्यायाधिकरणको आदेशको अवज्ञा गरेकी छिन् ।

तपाईको प्रतिक्रिया