अछाम:अछाममा हल गोरू पाल्ने किसानलाई प्रोत्साहन भत्ता दिईने भएको छ।भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र अछामले हल गोरु पाल्ने किसानकालाई प्रोत्साहन स्वरुव ५००० हजार भत्ता दिनमा लागि आबेदन आह्वान गरेको छ।
घरमा एक हल गोरु पालन गरी परपरागत कृषि प्रणालि अनुदान खेति गर्दै आएका बिकट क्षेत्रका किसानलाई भत्ता दिईने सूचना उल्लेख गरिएको छ।हल गोरु पालिरहेका २ सय किसानलाई भत्ता बितरणका लागि १० लाख बजेट बिनियोजन गरिएको भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र अछामले जनाएको छ।
पछिल्लो समय अछाम जिल्लामा हल गोरु हराउदै गएका स साना खेत गरा भएका कारण खेति गर्न गोरुको आवश्यक भएकोले गोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न खोजिएको भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र अछामका प्रमुख बाल्मीकी प्रशाद जोशीले बताए ।











