अछाम:२०७४ सालको स्थानीय तह चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् ।
उनलाई सरकारले सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन।
कांग्रेसका उदयराज गौलीसँग मेयरमा हारेकि न्यौपानेलाई एमालेले राष्ट्रियसभामा ल्याएको थियो । अहिले उनी राष्ट्रियसभामा एमालेकी प्रमुख सचेतक थिइन् । घुस अडियो काण्डमा राजकुमार गुप्ताले राजीनामा दिएपछि मन्त्रीमा नियुक्त भएकी हुन् ।










