Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाले भन्यो दैवीप्रकोपबाट सचेत रहनु, केही भए हामीलाई भन्नु

निराकरण खबर अछाम:अछामको चौरपाटी गाउँपालिकाले दैवीप्रकोपबाट हुन सक्ने घटनाबाट सचेत रहन आग्रह गरेको छ।लगातार पानी परिरहेकाले गाउँपालिका क्षेत्र भित्रका विभिन्न स्थानहरुमा भूक्षय, बाढि, पहिरो वा डुवान भइ ठुलो धनजनको क्षति हुन सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ।

शनिबार गाउँपालिका अध्यक्ष भिम बहादुर साउदलेे एक अपिल जारी गर्दै कुनै दैवीप्रकोपबाट कुनै पनि अप्रिल घटना घट्न सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन।

दैवीप्रकोपबाट कुनै पनि अप्रिय घटना घटेमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्ष,प्रहरीलाई सम्पर्क गरि उद्दार कार्यमा सहयोग गर्न अध्यक्ष साउदले आग्रह गरेका छन।

तपाईको प्रतिक्रिया