Advertisement
SKIP THIS
अछाम प्रहरी प्रमुख पाठकको सरुवा

अछाम :जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकको सरुवा भएको छ । प्रहरी नायब उपरीक्षक पाठकको प्रहरी प्रधान कार्यालय नक्सालमा काज सरुवा भएको छ ।

आज एक कार्यक्रमको आयोजना गरि पाठकको विदाई गरिएको छ । फेरि भेटौला कार्यक्रमको आयोजना गरि डीएसपी पाठकको विदाई गरिएको हो । कर्मचारी संगम अछामका अध्यक्ष झनक ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक पाठकले अछाम जिल्लामा १ वर्षको अवधीमा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पुर्ण लाई धन्यवाद ज्ञापन गरे ।

पाठको सरुवा सँगै अछाममा प्रहरी प्रमुखको रुपमा प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारी आउने भएका छन् ।

तपाईको प्रतिक्रिया