Advertisement
SKIP THIS
अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

निराकरण खबर अछाम:अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। शनिबार जिल्ला समन्वय समिति अछाम तथा जिल्ला खोप समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरको सम्पन्न भएको कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता गर्नु भन्दा पहिलो वडा र पालिकाहरुलाई घोषणा गरिएको थियोे ।जन्मदेखि १५ महिनाका ४ हजार ३ सय २६ र १६ महिना देखि ५९ महिना सम्मका १२ हजार ४ सय ७७ बालबालिकालाई सबै खोप लगाईसकेपछि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

अहिले बसाइ सराइ र भारत जाने प्रचलन बढि रहेकाले केही बालबालिकाहरु जन्मेको देखिने तर खोपमा छुटेको देखिने गरेको भन्दै यस तर्फ पनि सरोकारवाला सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्था लगायतलाई सम्मानसमेत गरिएको छ ।

घोषणासभा कार्यक्रममा बोल्ने वक्ताहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

घोषणसभा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय प्रमुख झनकराज ढुंगानाले प्रतिवेदन सहित अछामको खोपको अवस्था र चुनौतिका बारेमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया