Advertisement
SKIP THIS
अछामका ३ किसानलाई उत्कृष्ट किसानको रुपमा सम्मान

निराकरण खबर अछाम:अछामका ३ किसानलाई उत्कृष्ट किसानको रुपमा सम्मान गरिएको छ।शनिबार २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा कृषि ज्ञान केन्द्रले आयोजना कार्यक्रम विभिन्न बिधाका ३ किसानलाई नगद सहित सम्मान गरिएको छ।

तरकारी खेती तर्फ रामारोशन गाउँपालिका ४ का भरत बिष्ट, फलफुलमा मेल्लेख गाउँपालिका ६ का वीर बहादुर बोहरा , मसला बालि खेती तर्फबाट तुर्माखाद गाउँपालिका १ नन्दराम बुढालाई सम्मान गरिएको हो।अछाम जिल्लामा कृषि तर्फ उत्कृष्ट काम गरेको भन्दै उनिहरुलाई जनहि नगद २० हजार सहित सम्मान गरिएको छ।

सम्मानित हुनेमा रामारोशन गाउँपालिका ४ बाटुलासैनका भरत बिष्टले आफ्नै गाउँमा तरकारी खेति गरिरहेका छन। उनले तरकारी सँग भैसिपालन, कुखुरा र बङ्गुर खेति गरिरहेका छन।
यस्तै फलफुलबाट उत्कृष्ट किसानका रुपमा सम्मानित मेल्लेख गाउँपालिका ६ का वीर बहादुर बोहराले गाउँमै किबि खेति सहित अन्य फलफूल खेति गरिरहेका छन।

मसला बालि खेती तर्फबाट अछाम जिल्लाकै उत्कृष्ट छानिएका
तुर्माखाद गाउँपालिका १ नन्दराम बुढाले गाउँमै मसलाखेति गरिरहेका छन।

सम्मानित किसानहरुले किसानहरुले उत्पादन गरेपनि बजारको समस्या भएको बताएका छन। उत्पादित कृषि उपजलाई बजार सँग लिन समस्या,बजार पुर्याएपनि लागत अनुसारको मुल्य नपाउदाँ किसानहरूले कृषि पेशा बाट पलायन हुदै गएका बताए ।

कृषि प्रधान देशका किसानका लागि राज्य उचित प्रबन्ध गर्न नसकेको राज्यले दिने सहयोग पनि किसानको नाममा टाठाबाठाहरुले लिने गरेको उनिहरुले बताए ।

तपाईको प्रतिक्रिया