Advertisement
SKIP THIS
अछाममा करेन्ट लागेर १ जनाको मृत्यु

अछाममा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । मंगलबार जिल्लाको तुर्माखाँद गाँउपालिका वडा नं. ६ रानिवनका धर्मे कामीका छोरा १५ बर्षिया बिमल बिकको ज्यान गएको हो ।

कामेश्वरी माबी रानीबनमा कक्षा ९ मा अध्ययनरत बिक आउदो १७ गते देखि हुने त्रैमासिक परिक्षाको सामाग्री लिन जाँदा पालिकाको वडा नं. ७ तोसीको नथखोलामा बिद्युतको तारबाट करेन्ट लागेर ज्यान गएको हो ।

बिद्युतको पोलमा रहेको पिन फुटेर तार भुइँमा लछारिएको तारबाट करेन्ट लाग्दा सोही ठाँउका कक्षा ९ मा अध्ययरत छात्र झंकर बिक घाईते भएका थिए ।

तपाईको प्रतिक्रिया