Advertisement
SKIP THIS
अछाममा छाउगोठबाट भागेर एक किशोरीले बालबिवाह गरिन

निराकरण खबर अछाम: अछाममा छाउगोठबाट भागेर एक किशोरीले बिवाह गरेकि छन।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ६ तोलीकी १५ वर्षकी किशारीले छाउगोटबाटै भागेर बालविवाह गरेको हुन् । शुक्रवार राति छाउ भएका बेला गोठ गएकि उनि भागेर बालविवाह गरेको वडा अध्यक्ष कमल रावलले बताए । वालविवाह गरेको खबर पाउना साथ प्रहरीलाई खबर गरेको अहिले प्रहरीले दुबैलाई पक्राउ गरेको वडा अध्यक्ष रावलले बताए ।

ति किशोरीले छाउगोठबाटै कमलबजार नगरपालिका ६ वीरपथ बिहे गरेर गएको रहेछिन् वडा अध्यक्ष रावलले भने,छाउगोठले धेरै समस्या निम्त्याएको छ। छाउपडिमा कमि ल्याउन कुप्रथाका र वालविवाह विरुद्ध जनचेतनामूलक कार्यक्रमहरू निरन्तर चलिरहनुपर्छ।’ वडामा गोठ भत्काउने अभियान सञ्चालन गरेको वडाध्यक्ष कमल रावलले जानकारी दिए ।

वडामा करिब २५÷३० छाउगोठ रहेको अनुमान गरिएको र शुक्रबार मात्र १६ वटा छाउगोठ भत्काएको रावलले बताए । पञ्चदेवल विनायक नगरपालिकाकी एक १६ वर्षीया किशोरी मामा नाता पर्नेबाट छाउगोठमै बलात्कृत भइन्। असार ३ गते भएको उक्त घटनापछि जिल्लामा छाउगोठ भत्काउने अभियान पुनः सुरु भएको छ। किशोरी बलात्कार भएको घटना सार्वजनिक भएकै दिन भत्काइएको छ। पाँच वर्ष भत्काइएको छाउगोठ फेरि बनेका छन्। घरै बस्न थालेका किशोरी तथा महिलाहरूले फेरि छाउगोठमै फर्कन थालेका छन्।

तपाईको प्रतिक्रिया