Advertisement
SKIP THIS
खरिदको दुई बर्ष पछि साँफेबगर नगरपालिकाले सिसिटिभी क्यामेरा जडानको काम सुरु गर्यो

निराकरण खबर अछाम :साँफेबगर नगरपालिकाले खरिद गरेको २ बर्षपछि सिसिटिभी क्यामेरा जडानको काम सुरु गरको छ । आर्थीक बर्ष २०७८÷०७९ मा दुई पटक टेण्डर आव्हान गर्दा पनि मापदण्ड नपुगी रद्द भए पश्चात २०७९ असारमा ८ लाख ५० हजारमा कोटेसन मार्फत सिसिटिभी क्यामेरा खरीद गरीएको थियो ।

कहाँ कुन ठाउँमा क्यामेरा जडान गर्ने भनेर सभ्रे नभएको क्यामेरा खरिदका लागी बजेट भएको जडानका लागी नभएकाले सिसिटिभी जडानमा ढिलो भएको नगरपालीकाले जनाएको छ । शुक्रबार साँफेबगर नगरपालिकामा बसेको सरोकारबालाहरुको छलफलले साँफेबगर नगरपालिकाका दुबै बजार हाटबजार र एयरपोर्ट बजारको अवलोकन गरी पोईन्ट तोकेर सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय गरेको छ ।

शुक्रबार भएको निर्णय अनुसार साँफेबगर नगरपालिका ३ हाटबजारको बैद्यनाथ प्रवेशद्धार, प्रभालि गाडमा रहेको पक्कि पुल नजिक, जिरो पोईन्ट र मंगलसेन, बाजुरा छुटट्टीने सडक बुढिगंगा पक्कि पुल र साँफेबगर नगरपालिका ४ एयरपोर्ट बजारको जनकल्याण माध्यमीक बिद्यालय महालक्ष्मी विकास बैंकको अघाडि सडक छेउ, छिपेखोला बाईपास चोक आसपास, छिपेखोला पक्कीपुल जाने मोड क्षेत्र गरी गरी ८ ठाउँमा सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय गरेको छ ।

साँफेहाटबजारमा जडान हुने क्यामेराको जिल्ला ट्राफिक कार्यालय साँफेबगर र एयरपोर्ट बजार र जनकल्याण टोलमा जडान हुने क्यामेराको निगरानी ईलाका प्रहरी कार्यालय साँफेबगरले गर्नेछ ।

तपाईको प्रतिक्रिया