Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका सिसिटिभि प्रकरण:आफ्ना गल्ती ढाकछोप गर्न पैसा मागेको समाचार लेखाईयो

निराकरण खबर अछाम:साँफेबगर बजार ब्यावस्थापन समिति अध्यक्ष राम बहादुर कुँवरले नगरपालिकाले गरेका लापरबाही, अनिमियतता नगरपालिकामा कर्मचारीले गर्ने मनोमानीका बिरुद्ध बोल्दै आएकोले नगरपालिकाले ती कमजोर ढाक्न पैसा मागेको भनेर समाचार लेख्न लगाएको बताए ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले बजार क्षेत्रमा सिसिटिभि जडानका लागि बजार स्थित बैंक तथा वित्तीय संस्था एवं व्यापारी संग राय सुझाव लिए बजार समितीको आयोजनामा बैठक गरि सिसि क्यामेरा जडानका लागि पहल गर्ने निर्णय गरेको सो को भोलिपल्ट सामाजिक सञ्जालमा नगरपालिकाले यश अगाडिनै सिसिटिभि खरिद गरेको भनेर समाचार प्रकाशित भएको र सो समाचारको बास्तविकता के हो भनेर नगरपालिकालाई ज्ञापनपत्र बुझाईएको बताए ।

सिसिटिभिको ८ लाख ५० हजार भुक्तानी भएको २ बर्ष हुदाँ समेत जडान नभएको भन्दै बजार ब्यावस्थापन समितिले ज्ञापनपत्र बुझाउदाँ आफुले गरेको आर्थिक अनियमिततालाई ढाकछोप र बिषययान्तर गराउने उदेश्यले सिसिटिभि जडानको एयरपोर्ट बजार ब्यावस्थापन समितिले नगर सँग पैसा मागेको र नगरले नदिऐपछि सिसिटिभि क्यामेराको बिषय उठाएको भन्ने भ्रामक समाचार छाप्न लगाईएको एक प्रेस बिज्ञप्तिमा जारी गर्दै उल्लेख छ।

तपाईको प्रतिक्रिया