Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका सिसिटिभि प्रकरण:एयरपोर्ट बजार ब्यावस्थापन समितिले गर्यो छानबिनको माग

निराकरण खबर अछाम:अछामको साँफेबगर नगरपालिकाले सिसीटिभि क्यामरा जडानका लागी २०७८ मै ८ लाख ५० हजार भुक्तानी गरेको तर हालसम्म बजार क्षेत्रमा सिसी क्यामरा जोड्ने काम नभएको भन्दै एयरपोर्ट बजार ब्यावस्थापन समितिले साफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवर र ईलाका प्रहरी कार्यालय मार्फत प्रमुख जिल्ला अधिकारी ज्युलाई ज्ञापन पत्र बुझाएको छ।

क्यामेरा जडान नभई भुक्तानी भएको तर हालसम्म पनि जडान नभएकोले यसमा दोषीहरुलाई छानबिन गरि कारवाहि गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ।

एक अनलाइन आएजस्तो समाचार भएको हो कि हैन सत्यतथ्य छानबिन गरि ३ दिन भित्र सार्वजनिक गर्न माग गरिएको छ। साथै काम नभइ भुक्तानी दिने र लिने दुबैलाई कानुनको दायरामा ल्याई तुरुन्त कार्वाही गरि सिसि टिभी क्यामेरा जडान गर्न माग गरिएको छ।

यदि मागलाई व्यवास्था गरे आन्दोलनमा गर्ने साँफे एयरपोर्ट बजार ब्यावस्थापन समितिले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया