Advertisement
SKIP THIS
साँफेबगर नगरपालिका ८ चण्डिकाद्वारा बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री बितरण

भगवती कुँवर साँफेबगर:साँफेबगर नगरपालिका ८ चण्डिकाद्वारा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ।

मंगलबार महेन्द्र माध्यमिक बिधालय बयालपाटामा अध्ययनरत १६ जना आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको वडा अध्यक्ष कालु सिंह कुँवरले बताए ।

आर्थिक अवस्था कमजोर भएकै कारणले पढाइमा असर नपुगोस भनेर कक्षा १ देखि ५ सम्मका अति बिपन्न, गरिब, आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको वडा अध्यक्ष कुँवरले बताए ।

पढ्न पाउनु पर्ने बालबालिकाको हक अधिकार भएको आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाले पढाइ नछोडुन भनेर नै शैक्षिक सामाग्री बितरण गरिएको वडाघ्यक्ष कुवरले बताए ।आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनलेे बताए ।

तपाईको प्रतिक्रिया