Advertisement
SKIP THIS
शैक्षिक कल्याण बचतको दुई दिने सहकारी तालिम बिनायकमा सम्पन्न

टंक प्रसाद रिमाल ,अछाम:पन्चदेवल बिनायक नगरपालिकामा दुई दिने सहकारी शिक्षा तथा क्षमता अभिबृद्दी तालिम सम्पन्न भएको छ । “एकका लागि सबै सबैका लागि एक” मर्यादित पेशा र प्रबिधिमा सहकारी ” भन्ने मुल नाराका साथ नेपाल शिक्षक संघ अछामको समन्वय र पन्चदेवल बिनायक नगरपालिका संगको सहकार्यमा शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलसेन अछामले तालिमकको आयोजना गरेको हो । सहकारी संस्थाका शेयर सदस्यहरुको क्षमता अभिबृद्दीका लागि तालिमको आयोजना गरिएको हो ।

प्रमुख अतिथी पन्चदेवल बिनायक नगरपालिका नगर प्रमुख एवम नेपाली काङग्रेस सुदूर पश्चिम प्रदेश सह-महामन्त्री अम्बिका चलाउनेले देशको गृहमन्त्री रबि लामिछानेबाट नै सहकारीको रकम अपचन हुनु लजास्पद रहेको बताउदै संस्थालाई चलायमान बनाउन शेयर सदस्यहरु चनाखो रहि नियमित बचत गर्ने बानिको बिकास गर्नु पर्ने कुरामा जोड दिईन।

शिक्षकहरुबाट संचालित सो सहकारीलाई सहकारी शिक्षाका माध्यमबाट केही टेवा पुग्ने बिश्वासका साथ पालिकाले सहकारी संग सहकार्य गरि बिनायकमा दुई दिने तालिम संचालन गरेको बताईन।

बिशिष्ट अतिथि कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालले सहकारीले हरेक ब्यक्तिमा बचत गर्ने बानीको बिकास गराउदै आय आर्जजनको क्षेत्रमा समेत लगानी गर्न लगाउनमा अभिप्रेरित गर्नु पर्ने बताए ।
त्यसै गरि बिशिष्ट अतिथी पन्चदेवल बिनायक नगरपालिकाका उपमेयर हर्क रावल,नेपाल शिक्षक संघका अध्यक्ष नबेन्द्रराज जोशी,पुर्ब अध्यक्षहरु बिष्णु भण्डारी, पदमराज अधिकारीले शिक्षकहरुको एकताबद्धमा बचत गर्ने बानिको बिकास गर्न, सहुलियत ब्याज दरमा आयाअर्जनका क्षेत्रमा लगानी गरि शिक्षकका परिवारलाइ सानो तिनो ब्यवसायमा लाग्न अभिप्रेरित गर्ने उदेश्यले यो सहकारी को स्थापना गरियको बताए ।

सहकारीलाई थप उचाइमा पुर्याउन शेयर सदस्यहरुले नियमित रुपमा बचत गरि प्रतिफल लिनु पर्ने कुरामा जोड दिए। साथै आफुहरु जे जस्तो अवस्थामा रहेपनी संस्थाको बृद्दिबिकासका लागी पछि नहट्ने बताए ।

तालिमका प्रशिक्षक शंकर रावलले सहकारीका हरेक शेयर सदस्यहरुले आफुले बचत गरेको बचत रकम कहा र लगानी भएको कर्जा बेलामा असुली भएको छ वा छैन भन्ने कुराको समेत निरानी गर्नु सबै भन्दा बुद्धिमानी शेयर सदस्य हुने बताए ।आफुले बचत गरेको थोरै रकमबाट उत्पादन क्षेत्रमा लगानी गर्नको लागि सहकारीबाट न्यून ब्याजदरमा कर्जा लिए पनि आफुले तिरेको ब्याज आफैलाई नै प्राप्त हुने भएकोले बैक भन्दा नजिकको बित्तिय संस्था नै सहकारी भएकोले सबै सदस्यहरु सचेत बन्नु पर्ने बताउनु बताए ।

तालिमको अध्यक्षता गरिरह्नु भएका सहकारी संस्थाका अध्यक्ष जय बहादुर बोगटीले शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्थालाई बदनाम गर्न केही खराब ब्यक्तीहरुले संस्थाको गलत प्रचार बाजी गरि रहेकाले कसैको होहल्लामा नलागी संस्था फाइदामुखी नै रहेकाले नियमित बचत मा जोडदिन हरेक शेयर सदस्यहरुलाइ अनुरोध गरे। साथै जो सुकै शेयर सदस्यले जुनसुकै बेलामा पनि आफ्नो बचत र संस्थाको लगानिको अवस्थाको जानकारी लिन सकिने बताए । दुई दिन सम्म चलेको तालिममा १५० जना भन्दा बढी को सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया