Advertisement
SKIP THIS
कक्षा १० मा अध्ययनरत बिधार्थीद्वारा बिधालयका शैक्षिक सहयोग कोष स्थापना

भगवती कुँवर साँफेबगर:अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडा स्थित दुर्गादेवी माध्यामिक विद्यालयमा अध्ययनरत छात्र विवेक बिकले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा शैक्षिक सहयोग स्वरुप कोषको स्थापना गरेका छन।

दुर्गादेवी माध्यामिक प्राविधिक विद्यालय कक्षा १० मा अध्यनरत
उनले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अध्ययनरत बेसाहार तथा गरिव बालबालिकाको शैक्षिक क्रियाकलापमा सहयोग भन्ने उदेश्यले कोषको स्थापना गरेका हुन

उनले जन्मदिनमा हुने फजुल खर्च कटाएर शैक्षिक कोषको स्थापना गरेका हुन। विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर लुहारका छोरा समेत रहेका बिबेक ३ हजार ५ रुपैयाँ सहयोग स्वरुप कोषको स्थापना गरेका हुन।

छोराको चाहना अनुसार नै बिधालयमा कोषको स्थापना गरिएको बिधालयका प्राधानाध्यापक समेत रहेका उनका बुवा कृष्ण बहादुर लुहारले बताए ।

तपाईको प्रतिक्रिया