Advertisement
SKIP THIS
बयालपाटा अस्पतालमा नि:शुल्क आखा शिविर सञ्चालन हुँदै

भगवती कुँवर साँफेबगर अछाम:अछाम जिल्लाको बयालपाटा अस्पतालमा निःशुल्क आखा शिविर सञ्चालन हुने भएको छ ।

गेटा आखा असपताल र साँफेबगर नगरपालिकाको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो । यँहि जेष्ट २१ गते देखि २३ गते विहान ९ बजे देखि दिउसो ३ सम्म निःशुल्क आखा शिविर बस्ने जनाएको छ ।

शिविरमा आखाको मोतीविन्दु लगाएत आँखा सम्बन्धी विभिन्न किसिमका रोगहरुको निःशुल्क अपे्रशन गरिने भएकाले आँखाका रोगीहरुलाई समयमा सम्पर्क गरेर सेवाको फाईदा लिन अनुरोध गरीएको छ ।

साथै शिविरमा नाम दर्ता गर्नको लागी २० रुपँया बुझाउनु पर्ने, आखाको अपरेसन गर्ने बिहारमीले खाना,ओढने र ओछ्याउने को व्यवस्था आफैले गर्नु पर्ने र अपे्रशन गर्ने बिरामीको साथमा १ जना अभिभावक हुनु पर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया