Advertisement
SKIP THIS
साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि माग

निराकरण खबर अछाम:अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि अछामका ४ स्थानीय तहले माग गरेका छन।

साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका,मेल्लेख गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिकाले इलाका प्रशासन कार्यालय स्थापनाका लागि जिल्ला समन्वय समिति अछाम मार्फत जिल्ला प्रशासन कार्यालय अछाममा माग गरेका हुन।

प्रशासनबाट प्रवाह हुने सेवा सुबिधा लिनको लागि सदरमुकाम मंगलसेन पुग्नु पर्ने, कुनै एक कारणले काम नभए नागरिकले सास्ती पाउने गरेका कारण साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि माग भई आएको जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवरले बताए ।

साँफेबगरमा इलाका प्रशासन स्थापनाका लागि यश अगाडिका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललाई जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवरले माग पत्र बुझाइसकेका छन।

जनताको घरदैलोमै सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा पुर्‍याई संघीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना लागि जिल्ला समन्वय समिति अछामले समेत निर्णय गरि गरिसकेको छ।

साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका,मेल्लेख गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रका नागरिकलाई नागरिकता, तथा राहदानी लिन सहज हुने र शान्ति सुरक्षाको प्रत्याभूति हुने चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए

तपाईको प्रतिक्रिया