निराकरण खबर अछाम :सरकारले निर्माणाधीन त्रिदेशिय सेती राजमार्गको डोटी खण्डमा रुख कटानको अनुमती दिने निर्णय गरेको छ।
बिहिवार बसेको मन्त्रीपरिषदले सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठुलीगाड-सेती बुढीगंगा दोभान सडक खण्ड निर्माणको लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातीका रुख,पोल हटाउन स्वीकृति दिने निर्णय गरेको सरकारी प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिईन।
रुख कटानको अनुमती सँगै अब सेती राजमार्गले निर्माणमा गती लिने बिश्वास गरिएको छ।