Advertisement
SKIP THIS
अछाममा बिना दर्ताको क्रसरबाट गिट्टी बिक्री गर्ने न्यु कालभैरव विल्डर्सलाई कारवाही भएन

तारामान खड्का अछाम : २०८० फाल्गुन १५ गते अछामको साँफेबगरबाट गिठी लिएर कमलबजार जादै गरेको टिपरलाई मंगलसेनमा प्रहरीले नियन्त्रणमा लियो । उसको साथबाट एक बिल भेटीएको बिलमा न्यु कालभैरव विल्डर्स साँफेबगर नगरपालिका ४ लेखिएको र सो बिलमा १९ हजार ५०० मा काटीएको थियो ।

बुझ्दै जादा अछाम जिल्लामा कुनै क्रसर स्थाई रुपमा दर्ता नभएका भेटीयो, तर बिना दर्ता भएको न्यु कालभैरव विल्डसले भने दर्ता नभएको क्रसरबाट बिल जारी गर्दै कारोबार गरिरहेको तथ्य फेला परेको थीयो ।बिना दर्ताको क्रसरले बिल जारी गरि राज्यलाई राजस्वमा सिधै ठगिरहदाँ नियमक निकाय भने मौन बसेका छन ।बिना दर्ताको क्रसरबाट बिल जारी भएको तथ्य फेला परेको २ महिना बढी भईसक्दा समेत राजस्व छली गर्ने न्यु कालभैरव विल्डसलाई कुनै कारवाही भएको छैन। क्रसर संचालकको प्रलोभनमा परेर नियमक निकायले अहिले सम्म कारवाही नगरेका र कारवाही गर्नु पर्छ भन्नेबारे समेत मौन बसेका छन ।

अछाम जिल्लाको साँफेबगरमा स्थाई क्रसर नरहेका र तर बिभिन्न आयोजनाका नाममा दुई वटा अस्थायी क्रसर सञ्चालन रहेका छन। जिल्लाको जयगढ रामारोशन सडक अन्तर्गत जयगढ दर्ना सडक खण्डको जिम्मा पाएको बज्रगुरु कन्स्ट्रक्सन र साफे मेल्लेख सडक निर्माणको जिम्मा पाएको पी.एस. बानिया जे.भि. अन्तर्गतको नाति कन्ट्रक्सनले साँफेबगर स्थित बुढिगंगा नदिमा अस्थायी क्रसर उद्योग संचालनको अनुमति पाएका छन् ।

अस्थाई अनुमति पाएका उनिहरुले अहिले अन्य ठाउँमा समेत क्रसर जन्य पदार्थ बिक्रि गरिरहेका छन। यसरी कानुनी बिपरित कार्य गर्ने उनिहरुलाई साँफेबगर नगरपालिकाले भने कुनै कारवाहि समेत गरेको छैन ।उल्टो संरक्षण गरिरहेको छ।

बज्रगुरु कन्स्ट्रक्सनले साँफेबगर नगरपालिका ७ मा २ बर्ष देखि र पी.एस. बानिया जे.भि. अन्तर्गतको नाति कन्ट्रक्सनको नाममा साँफेबगर नगरपालिका १ मा ८ महिना देखि अस्थायी क्रसर सञ्चालन गर्दै आएका छन। कानुन तह अस्थायी रुपमा सञ्चालन रहेका क्रसरले कुनै पनि नदिजन्य सामाग्री बिक्री वितरण गर्न नपाईने, आफ्नो आयोजना र योजनाका लागि मात्रै नदिजन्य पदार्थ उत्खनन तथा उत्पादन गर्न पाईने प्रावधान रहेको छ।

तपाईको प्रतिक्रिया