Advertisement
SKIP THIS
अछाममा रेबिजविरुद्धको खोप अभाव, अस्पताल भन्छ आफैं ब्यावस्थापन गर्नु

तारामान खड्का अछाम:सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अछाम जिल्लामा अभाव भएको छ। जंगली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल अछामले जनाएको छ।

अस्पतालमा सेवाग्राहीलाई निःशुल्क उपलब्ध गराउँदै आएको ARV भ्याक्सिन प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रबाट नियमित रुपमा आपुर्ति हुन नसकेकोले पुर्ण रुपमा अभाव भएको जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेखर चन्द यादवले बताए ।रेबिज बिरुद्धको खोप लगाउन परे आफै ब्यावस्था गर्न मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यादवले बताए ।

यता स्वास्थ्य कार्यलय अछामका अनुसार केही दिन यता जिल्लामा रेविज भ्याक्सिन अभाव भएकाे बिषयमा स्वास्थ्य कार्यालय गम्भीर भएर आपूर्तिकाे प्रयासमा रहेकाे स्वास्थ कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

ढुंगानाका अनुसार स्वास्थ्य सेवा बिभाग, ईपिडिमियाेलाेजि तथा सरूवा राेग नियन्त्रण महाशाखामा बुझ्दा आपूर्ति कर्ताले ढिलाे गरेकाे कारण अझै केहिदिन लाग्ने जानकारी पाईएकाे र केन्द्रमा प्राप्त हुदा साथ प्रदेश आपूर्ति केन्द्रमा पठाउने र जतिसक्दो चाडाे जिल्लामा आपूर्ति आश्वासन पाएको बताए ।

तपाईको प्रतिक्रिया