Advertisement
SKIP THIS
बान्नीगढीमा क्षयरोग मुक्त नेपाल अभियानलाई सफल पार्न प्रतिबद्धता जनाए

निराकरण खवर अछाम:अछामको बान्नीगढीका जनप्रतिनिधि कर्मचारी तथा सरोकारवालाहरुले क्षयरोग मुक्त नेपाल अभियानकोलाई सफल पार्ने प्रतिबद्धता जनाएका छन।

शुक्रबार क्षयरोग मुक्त अभियान कार्यक्रमको अभिमुखिकरण तथा पालिका स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी कार्यक्रममा उनिहरुले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको पञ्चवर्षीय राष्ट्रिय क्षयरोग रणनितिक योजनामा एक नविनतम कार्यको रुपमा क्षयरोग मुक्त नेपाल अभियानलाई सफल पार्न प्रतिबद्धता जनाएका हुन।

क्षयरोग मुक्त अभियान नेपाल कार्यक्रममा आ.व. २०८०/०८१ देखि यस बान्नीगढी जयगढ गाउँपालिकामा पनि लागु भएको साथै क्षयरोग मुक्त अभियानका लागि पालिका स्तरीय समिति गठन गरिएको छ। गाउँपालिका अध्यक्ष टेक बहादुर संयोजकत्वमा उपाध्यक्ष बिन्दु रावल सह संयोजक सबै वडा अध्यक्ष सदस्य रहने गरि समिति गठन गरिएको हो।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा नेपालको क्षयरोग सङ्क्रमणको अवस्था,मृत्युदर र क्षयरोग अर्थात् टी.बी रोग न्यूनीकरणका लागी अपनाउनु पर्ने सावधानी तथा उपायका बिषयमा छलफल गरिएको थियो ।

विश्वमा बर्सेनि १५ लाखको क्षयरोग सङ्क्रमणका कारण मृत्यु हुने गरेकोमा नेपालमा मात्रै १७ हजारको मृत्यु हुने गरेको अनुमान गरिएको छ । यस्तै एक सर्वेक्षणका अनुसार नेपालमा बर्सेनि ६९ हजार बिरामी थपिने गरेका छन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले क्षयरोग विरुद्धको अभियान जिल्लामै पहिलो पटक बान्नीगढीबाट सुरु गरिएकोमा धन्यवाद ज्ञापन गर्दै अभियान सफल पार्न पूर्ण रुपमा लागी पर्ने प्रतिबद्धता जनाएकी छन् ।

पालिकामा आयोजना हुने बिभिन्न सार्वजनिक कार्यक्रममा समेत क्षयरोग .रोगबारे सचेतना फैलाउनुपर्नेमा उनको जोड छ ।भौतिक पूर्वाधारमा मात्रै नभई आगामी आर्थिक वर्षमा स्वास्थ्य शिक्षा क्षेत्रमा समेत बजेट विनियोजन गर्नेमा उपाध्यक्ष रावलले जोड दिएकी छन् ।

तपाईको प्रतिक्रिया