Advertisement
SKIP THIS
हामीले आफ्ना ब्यवहार परिवर्तन गर्न सक्नु पर्छ, उपाध्यक्ष रावल

बहुक्षेत्रिय पोषण योजना ब्यवहार परिवर्तन सम्बन्धि अभिमुखिकरण कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा सम्पन्न

निराकरण खबर अछाम:बहुक्षेत्रिय पोषण योजना ब्यवहार परिवर्तन सम्बन्धि अभिमुखिकरण कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिका १ गाज्रामा सम्पन्न भएको छ।

कार्यक्रम प्रमुख अथिति बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले शिशु बालबालिका र आमाको सुस्वास्थ्य बलियो प्रतिरोधात्मक प्रणालीको विकास बौद्धिक विकासका लागि पोषणको महत्त्वपूर्ण अपरिहार्य भएको बताइन।बालबालिकालाई लाग्ने रोगहरुको जोखिम घटाउन समेत पोषण अपरिहार्य रहेको ,हामिहरुले आफ्नो ब्यावहार परिवर्तन गर्नु पर्ने बताईन।

घरायसी काम–काजमा सहयोग गरेर वा घरका अरु सदस्यहरुलाई काममा सघाउन लगाएर ,सुत्केरी हुनु पूर्व सबै तयारीहरु गरेर जस्तै पैसाको व्यवस्था, यातायातको व्यवस्था, रगत दिने मान्छेहरुको व्यवस्था मिलाउनु ,बच्चा जन्मने बित्तिकै आमालाई बिगौती दूध खुवाउन प्रोत्साहन गर्नु जस्ता कुराहरू ब्यावहार परिवर्तनमा पर्ने उपाध्यक्ष रावलले बताइन।

बान्नीगढी जयगढ गाउँपालिका १ गाज्राका अध्यक्ष गजेन्द्र बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।गाउँपालिकाका वडा नं १ र ४ लाई पोषणमैत्री वडा घोषणा गर्नका लागी कार्यक्रम आयोजना गरिएको कार्यक्रमकि फोकल प्रसन सिर्जना खड्काले बताईन।

कार्यक्रममा सहभागीहरुले हाल सरसफाइ सम्बन्धि ब्याबहार परिवर्तन भएको जनाउदै बाकि रहेको कुरा पनि परिबर्तन भैरहेको वडाका हरेक घरमा शौचालय ,च्याङ ,जुठ्यान बनेको तथा करेसाबारी समेत बनेको बताएका थिए।

तपाईको प्रतिक्रिया