Advertisement
SKIP THIS
अछाम आउदै गरेको मोटरसाइकललाई ट्याङ्करले ठक्कर दिदा एकको मृत्यु

अछाम :कैलालीबाट अछाम आउदै गरेको मोटरसाइकल डोटीको बुडरमा ट्याङ्करले ठक्कर दिएको छ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मंगलसेन नगरपालिका ३ बिसाकोटका ३६ वर्षीय रमेश विकको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान करिब १० बजेतिर जोरायल गाउँपालिका-२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा रमेशका दम्पती गम्भीर घाइते भएका थिए । मृतककी श्रीमती लक्ष्मीको उपचार भइरहेको छ । हाल उनीहरु कैलालीको जानकी गाउँपालिका कटासेमा बस्दै आएका थिए ।

सुदूरपश्चिम प्रदेश ०१-०११ प ५२१९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०४-००१ ख ००१२ नम्बरको तेल बोक्ने खाली ट्याङ्करले ठक्कर दिएको थियो । घटना लगत्तै स्थानीयको सहयोगमा एम्बुलेन्स मार्फत घाइतेलाई धनगढीको मायामेट्रो अस्पतालमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया