Advertisement
SKIP THIS
नेबिसंघले साँफेबगर नगरपालिकामा १७ बुदे माग राख्दै ज्ञापनपत्र बुझायो

निराकरण खबर अछाम : नेपाल विद्यार्थी संघ अछामले जिल्लाका १० वटै पालिकाकामा ज्ञापनपत्र बुझाएको छ ।५५ औं स्थापना दिवसको अवसरमा शैक्षिक क्षेत्रका सवाललाई समेटिएर तयार पारिएको ज्ञापनपत्र १० वटै पालिकालाई बुझाइएकाे हाे ।

जस अन्तर्गत जिल्लाकाे साँफेबगर नगरपालिका समेत ज्ञापनपत्र पत्र बुझाइएको छ।नेपाल बिधार्थी संघ केन्द्रीय कार्यसमितिले बाट पठाईएका केन्द्रीय प्रतिनिधि सुशील कुँवरको नेतृत्वमा साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरलाई १७ बुदे ज्ञापनपत्र पत्र बुझाइएको हो।

शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनुपर्ने,
सार्वजनिक शिक्षामा राज्यको लगानी अभिवृद्धि गर्ने नेपालले शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय फोरमहरुमा व्यक्त गरेका प्रतिवद्धता पुरा गर्न नेपालको सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्न तथा नेपालको संविधानले व्यवस्था गरेको शिक्षासम्बन्धी हकको कार्यान्वयन गर्न स्थानीय सरकारले समेत आफ्नो कुल वार्षिक बजेटको न्यूनतम २०% (बीस प्रतिशत) अनिवार्य सार्वजनिक शिक्षामा विनियोजन गर्न माग गरेको छ।

यस्तै सार्वजनिक र निजी विद्यालयमा पठनपाठन हुने पाठ्यक्रममा एकरूपता कायम गरी माटो सुहाउँदो विश्वमानचित्रमा समेत प्रतिस्पर्धी बन्न सक्ने स्थानीय भाषा, धर्म, संस्कृति, सभ्यता, भेषभूषा, कला, साहित्य, रीतिरिवाज, परम्परा र इतिहासको संरक्षण एवं उत्थान हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गर्न माग गरेको छ।

प्रारम्भिक बालविकास शिल्य मानवको भावी जीवनको तयारीका लागि सर्वाधिक महत्वपूर्ण चरण भएकोले बालवालिकाको सर्वाङ्गीण विकासकालाई उच्च महत्व दिँदै पूर्व प्राथमिक शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन खेलमा आधारित पूर्व प्राथमिक कक्षा पाठपक्रम बनाउन माग लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाइएको हाे ।

ज्ञापनपत्र बुझाउने कार्यक्रम नेपाली कांग्रेस अछामका उपसभापति अर्जुन ताम्राकार लगायत नेपाली कांग्रेसका नेता तथा नेविसंघ नेताकार्यकर्ताको उपस्थिति रहेकाे थियोे ।

तपाईको प्रतिक्रिया