Advertisement
SKIP THIS
किसान महासंघ अछामको कार्यसमिति घोषणा

अछाम :नेपाल किसान महासंघ अछाम जिल्ला कार्यसमिति  घोषणा एवं नववर्ष २०८१ सालको अवसरमा  शुभकामना आदानप्रदान कार्यक्रम बिपि स्मृति भवन मंगलसेनमा सम्पन्न भएको छ ।

नेपाल किसान महासंघ अछामका अध्यक्ष नवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका सभापति एवं प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहेका थिए।

कार्यक्रममा जिल्ला कार्यसमितीमा मनोनीत भएको पदाधिकारी र सदस्य हरु लाई खादा सहित मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया