Advertisement
SKIP THIS
अछामको मेल्लेखमामा आगलागीबाट २ बालकको मृत्यु

अछाम:अछाममा आगलागी हुँदा २ जना नाबालकको मृत्यु भएको छ ।जिल्लाको मेल्लेख गाउँपालिका वडा ६ षोडशामा छानामा आगलागी हुँदा २ जना नाबालकको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीय भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परि मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले बताए ।

उनका अनुसार सोमवार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परि ती नाबालकको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धानका लागी मेल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्र बहादुर खड्काको नेतृत्वमा टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया