Advertisement
SKIP THIS
महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा कार्यक्रम सम्पन्न

भगवती कुँवर साँफेबगर:जिल्ला स्तरको महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम शुक्रबार साँफेबगरमा सम्पन्न भएको छ । समविकास नेपाल साँफेबगर शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

दुई दिने कार्यक्रममा महिलाहरुले आफनो शरिरलाई कसरी स्वास्र्थ राख्ने,आफनो लागी समयको व्यवस्थापन कसरी गर्ने,मानसिक रुपमा हुने तनावलाई कम गर्न कस्ता किसिमका क्रिर्याकलापहरु गर्ने ,आफैलाई खुसी कसरी पार्न सकिन्छ, आफनो सुरक्षा कसरी गर्ने भन्ने लगाएतका विषयमा जानकारी गराईएको थियो ।

समविकास नेपालका संस्थाकापक अध्यक्ष पशुपति कुँवरले महिलाको स्वास्थ्य राम्रा भएमा एउटा घर परिवारको स्वास्थ्य राम्रो हुने भएकाले सबै महिलाहरुले आफनो स्वास्थ्यलाई स्वस्थ राख्र्न आवश्यक रहेको बताए ।

समाजको पृर्ति सतात्मक संग्रचनाका कारण अहिलेको समयमा पनि महिलाहरुले खुल्ला रुपमा हास्न र रमाईलो गर्न नपाउने अवस्था रहेकाले यस सोचलाई बदल्नको लागी समविकास नेपालले यो कार्यक्रमको आयोजना गरेको जानकारी दिनु भएको छ । विश्वमा घटिरहेका विभिन्न किसिमका घटनाहरुमा पुरुषहरुको भन्दा महिला र बालबालिकाहरुको मृत्यु धेरै हुने गरेकाले यस्ता किसिमका घटनाबाट बच्नको लागी महिलाहरुले आफनो सुरक्षा गर्न त्यस सम्बन्धि शिक्षा आर्जन गर्न पनि जरुरी रहेको कुँवरले बताए ।

आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धर्ता व्यक्त गर्नु भएको छ । कार्यक्रममा सहभागी महिलाहरुको तर्फबाट बान्नीगडी जयगढ गाउँपालिकाका उपाअध्यक्ष विन्दु रावलले मन्तव्य राखेकि थिईन।

यस्तै दुई दिने जिल्ला स्तरको महिला मानव अधिकार संरक्षकहरुको लागि सुरक्षा र हेरचाह सत्रको समापन कार्यक्रममा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य अनुराधा स्वार ,बान्नीगडी जयगड गाउँपालिका उपाध्यक्ष विन्दु रावल , ढकारी गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाही , समविकास संस्थाका संस्थापक अध्यक्ष पशुपति कुँवर ,महिला अधिकार कर्मि अप्सरा कुँवर,महिला मानव अधिकार समाजका सचिव सरस्वती नेपाली ,अन्तर पाटी महिला सञ्चाज नगर स्तरिय अध्यक्ष मिना कुँवर लगाएत महिला पत्रकारहरुको सहभागीता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन समविकास नेपालका कार्यक्रम संयोजक मेनका कुँवरले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया