Advertisement
SKIP THIS
नेपाली कांग्रेसको दोस्रो वडा सम्मेलन साँफेबगर नगरपालिका वडा नं.१० घुघुरकोटमा सम्पन्न

भगवती कुँवर साँफेबगर:नेपाली कांग्रेसको दोस्रो वडा सम्मेलन कार्यक्रम साँफेबगर नगरपालिका वडा नं.१० घुघुरकोटमा सम्पन्न भएको छ ।

कार्यवाहक वडा सभापति बद्री प्रसाद भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका नेता ललित बहादुर कुँवर रहेका थिए ।कार्यक्रम बोल्दै प्रमुख कुवरले नेपाली कांग्रेस बुढीगंगा नदि भएको बताए ।नेपालमा कांग्रेसको लामो इतिहासमा नेपालमा धेरै पार्टी आएका उनिहरु दोकान थापेजसरी चलेका र नेपाली जनताको पार्टी भएको बताए ।

विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य कर्णसिह खड्का,पुर्व क्षेत्रीय सचीव भक्त बहादुर. कुँवर रहनु रहेका थिए ।कार्यक्रमको अन्य अथितीहरुमा सा.न.पा ७ का वडा अध्यक्ष हिक्मत कडायत,क्षेत्रीय सदस्य चेतना जोशी,प्रदेश उपसभापति धन प्रसाद भाट,नगर कार्य समिति सदस्य ,वडा कार्यसमिति का सदस्यहरुको सहभागीता रहेको थियो ।

दलित प्रतिनिधि शेर बहादुर बि.कले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन नगर सचिव अनिल रैगाईले गर्नु भएको थियो । कार्यक्रममा कृर्याशिल सदस्यता नविकरण र बितण गर्ने, संगठन लाई बलियो बनाउन सबै नेता कार्यक्रता एक जुट भएर लाग्नु पर्ने विषयमा छलफल भएको नगर सचिव अनिल रैगाईले जानकारी दिए।

यस्तै वडा नम्बर १ मा चैत २२ गते,वडा नम्बर २ र ९ मा २३ गते,५ मा २४ गते ,४,६,८ मा २५ गते , १४ मा २६ गते , ११ र १२ मा २७ गते र १३ मा २८ गते दोस्रो वडा सम्मेलन कार्यक्रम गर्ने गरि प्रतिनिधिहरुलाई खटाएको छ ।

तपाईको प्रतिक्रिया