Advertisement
SKIP THIS
कर्णाली नदिको अछाम खण्डमा एक पुरुषको शव फेला, शवको पहिचान भएन

कर्णाली नदिको अछाम खण्डमा एक पुरुषको शव फेला, शवको पहिचान भएन

निराकरण खबर अछाम:कर्णाली नदिको अछाम खण्डमा एक पुरुषको शव फेला परेको छ।चैत ८ गते जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं. १ रहफ टुकटुके स्थित कर्णाली नदी किनारमा अन्दाजी ३५/४० बर्षको पुरुषको शव लाश फेला परेको हो।

नदिमा शव भेटिएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि
ईलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीको कमाण्डमा प्रहरी टोलीले उप्त शवको प्रकृति मुचुल्का तयारी गरि जिल्ला अस्पताल अछामको शव गृहमा पठाएको छ।

हाल उप्त शव जिल्ला अस्पताल अछामको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया