Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिका अध्यक्ष साउदले पूरा गरे चुनावी बाचा

अछाम: अनुसारको चौरपाटी गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर ‘जी’ सेवा सञ्चालनमा आएको छ । पालिकाको वडा नम्बर १ स्थित गाँजचौर डाँडामा टावर निर्माणपछि बुधबारबाट फोर ‘जी’ सेवा सञ्चालनमा आएको हो ।

विगत लामो समयदेखि इन्टरनेट पहुँच भन्दा बाहिर रहेका नागरिकहरू अब सजिलैसँग इन्टरनेट सेवा लिन पाउने भएका छन् । गाँजचौर डाँडामा टावर निर्माण भएको झण्डै एक वर्षपछि सेवा सञ्चालनमा आएको हो । सो डाँडामा टावर निर्माण भए पनि बिजुलीका कारण सेवा सञ्चालनमा समस्या भएको थियो ।

तर गाउँपालिकाले विद्युतको व्यवस्था गरेपछि बुधबारबाट नागरिकहरूले फोर जीको सेवा पाएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले बताए ।

अध्यक्ष साउँदले लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन गर्न सफल भएको बताए । साउदले चुनावी घोषणा पत्रमा पनि गाउँपालिकामा फोर ‘जी’ सेवा सञ्चालनमा ल्याउने बाचा गरेका थिए ।

तपाईको प्रतिक्रिया