Advertisement
SKIP THIS
अछाममा आगलागीबाट एक जना घाईते

भगवती कुँवर साँफेबगर:अछाममा आगलागीबाट एक जना घाईते भएका छन्। जिल्लाको मेल्लेख गाउँपालीका वडा नं.४ कुस्कोटका ३८ वर्षका करण बहादुर साउँद आगलागीबाट घाइते भएका हुन ।

चैत ६ गते मंगलबार राती ८ बजेको समयमा आफ्नै घरको भान्सा कोठामा खाना पकाई रहेको अवस्थामा भान्साको र्याकमा राखेको पेट्रोलको बोतल उनको शरिरमा खस्दा चुलोमा बालेको आगोबाट साउँदको शरिरमा आगो सल्कीएको प्रहरीले जनाएको छ।

घाईते साउदको अहिले न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। उनको पेट,दाहिँने खुट्टा,दाहिँने हात जलेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया