Advertisement
SKIP THIS
नेपाल एडभेन्चर रनिङ महासंघको अध्यक्षमा एकेन्द्र कुँवर निर्वाचित

काठमाडौं:नेपाल एडभेन्चर रनिङ महासंघको अध्यक्षमा एकेन्द्र कुँवर निर्वाचित भएका छन् ।

नेपाल एडभेन्चर रनिङ महासंघको चुनावी साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको अध्यक्षतामा सोमबार १३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगननाथ तिमल्सिना, मीरा राई र मनबहादुर खत्री, महासचिवमा सुवास थापा, सचिवमा विनायकजय मल्ल र टगतबहादुर कुँवर तथा कोषाध्यक्षमा रिकेश योञ्जन रहेका छन् ।

शहदेव व्यञ्जन्कार, राजमान महर्जन, सुजितकुमार श्रीवास्तव, चन्द्रबहादुर थापा र प्रवीणकुमार महतो सदस्यमा चयन भए ।

सोमबारै बसेको महासंघको बैठकले ४ पदाधिकारी र ५ सदस्य गरी ९ जना मनोनयन गरेको छ । राजन खत्री वरिष्ठ उपाध्यक्ष, होमराज खपाङ्गी मगर उपाध्यक्ष, रविन्द्र थापा सचिव र संगीता रोकाया सह–कोषाध्यक्षमा मनोनीत भएका छन् । यस्तै प्रीति खत्री, जगतसिंह धामी, सूर्य बुढाथोकी, डा. सुदिन महर्जन र बाबुराजा श्रेष्ठलाई सदस्यमा मनोनयन गरिएको छ ।

साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सदस्य सचिव घिसिङले नेपालमा हुने एडभेन्चर ट्रेल रनिङजस्ता गतिविधिमा आर्थिक हिसाब किताब अहिले प्रष्ट नभएको र अब नेपाल एड्भेन्चर महासंघलाई ठूलो जिम्मेवारी रहेको बताए ।

उनले यसअघि राखेपमा यस्ता प्रकृतिका ३ संघ रहेकोमा त्यसलाई खारेज गरेर तदर्थ समिति बनाएर निर्वाचनको जिम्मा दिएको बताए ।

ट्रेल एडभेन्चर रनिङमा किन, कसरी र कुन निकायबाट स्वेदेशी र विदेशी खेलाडीले सहभागिता, यसमा गरिएको प्रायोजक रकम विदेशी वा स्वदेशी कुन खातामा जम्मा भएको छ भन्ने विषयमा जानकारी नहुने गरेको र त्यसलाई पत्ता लगाउनुपर्ने बताए ।

यस्तै सदस्य सचिव घिसिङले अब राष्ट्रिय संघ गठन गरेर मात्र नहुने र खेललाई चलायनमान बनाउनुपर्ने, खेलको विकासमा जवाफदेहिता र पारदर्शितासमेत हुनुपर्ने बताए ।

यस्तै आफूले खेल संघलाई हराउने काम गरिरहेको र ६० को संख्यामा झारेको भन्दै अब खेल संघहरूले सुशासन कायम गर्नुपर्नेमा जोड दिए । उनले केही संघका पदाधिकारीहरू कामभन्दा कुरा बढी गर्ने र वार्षिक गर्नुपर्ने साधारण सभा ४ वर्षसम्म गर्न नसक्ने संघ रहेको समेत खुलासा गरे ।

तपाईको प्रतिक्रिया