Advertisement
SKIP THIS
अछाममा चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न अपराध सम्बन्धी ७३ मुद्धा प्रहरीमा दर्ता

भगवती कुँवर साँफेबगर: ईलाका प्रहरी कार्यालय साँफेबगरको आयोजनामा आईतबार साँफेबगरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरीले जिल्लाको विद्यमान शान्ती सुरक्षा एवम् समसामयिक बस्तुस्थिति, कार्यसम्पादन, प्रगती समिक्षा, समस्या तथा चुनौतीका बारेमा जानकारी गराईएको छ ।

अछाममा चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न अपराध सम्बन्धी ७३ मुद्धा प्रहरीमा दर्ता भएका छन् । जसमा ४४ वटा मुद्धा फच्र्याेट गरिएको छ भने २९ मुद्धा बाकी रहेको छ । त्यसैगरी २०७९÷८०मा १२६ र २०७८÷७९ मा १४३ मुद्धा दर्ता भएको थियो । प्रहरीको तथ्याकं अनुसार महिला तथा बालबालिका विरुद्धको अपराध अन्र्तगत चालु आर्थिक वर्षमा जबरजस्ती करणी ७,जबरजस्ती करणी उधोग २,झुण्डिएर आत्महत्या ९,बहुविवाह ४,अभन्द्र व्यहार ५,कर्तव्य ज्यान १ र आत्महत्या दुरुत्सान १ गरी २९ मुद्धा दर्ता भएका छन् । गत आर्थिक वर्षमा ४८ र २०७८÷७९ मा ४८ मुद्धा दर्ता भएका छन् ।
आईतबार ईलाका प्रहरी कार्यालय साँफेबगरको आयोजनामा गरेको नागरिक सुनुवाई कार्यक्रममा उप्त तथ्यांक सार्वजनिक गरिएको हो।
लागु औषध नियन्त्रण तर्फ चालु आर्थिक वर्षमा दुई मुद्धा दर्ता,५ जना पक्राउ,२८ गा्रम ९०२ मिलीग्राम चरेस ,७४० मिलीग्राम खैरो हिरोईन बरामद गरिएको छ । गत आर्थिक वर्षमा ५ मुद्धा दर्ता १२ जना पक्राउ, एक हजार ११ ग्राम चरेस बरामद गरिएको ईलाका प्रहरी प्रमुख खगेन्द्र सिह साउदले जानकारी दिए।

अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अथिति साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु रहेका थिए।कार्यक्रममा बिशिष्ट अतिथि साँफेबगर नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोज ,चौरपाटी गाउँपालिका उपाध्यक्ष सर देवि खड्का रहेकम थिए ।प्रमुख अथितिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुँवरले समुदायलाई राम्रो बनाउनका निम्ती विभिन्न प्रकारका अपाराधका घटनाहरु नियन्त्रण गर्न नगरपालिका लागि रहेको बताए ।

पछिल्लो समय साँफेबगर नगरपालिकाका १४ वटै वडामा लागुऔषध र्दुव्यशनमा युवाहरु फस्दै गएको अवस्थामा यसलाई नियन्त्रण गर्न यहाँका स्थानिय प्रहरीसंग साझेदारी गर्दे आईरहेको बताए । नगरपालिका अहिले बाल बिवाह,बाल श्रम ,लैंिगक हिसां,जातिय विभेदलाई अनत्य गर्ने प्रक्रियामा लागिरहेका उनलेे बताए । समाज रुपान्तरण प्रहरी एकलै मात्र गर्न नसक्ने भन्दै यसमा स्थानिय जनप्रतिनिधि ,समुदायले सक्रिय रुपमा लाग्न आग्रह गरे।साथै उनले एयरपोट बजार व्यवस्थापन समितीले बजारलाई व्यवस्थित बनाउन धैरे राम्रा काम गरिरहेको भन्दै बजार क्षेत्र लगाएत अन्य स्थानमा रहेको सिसालाई पनि व्यवस्थित गर्न जरुरी रहेको नगर प्रमुख कुँवरले बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले लागुऔषध र्दुव्यशनमा लागेका व्यक्तिलाई सबै भन्दा पहिले घर परिवारले नै सावधान गराउनु पर्ने बताए । जिल्लाको भाडादरलाई व्यवस्थित गर्न प्रहरी कार्यलयले अनुगमन गर्न जरुरी रहेको र सिमा नाकामा लागुऔषध लगाएत अन्य गैरकानुनि गतिविधिहरु हुन नदिन कढाइका साथ लाग्नु पर्ने विषयमा छलफल भैरहेको उहाँले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी पोखरेलले समाजमा विकृर्ती ल्याउने ,तडकभडकको रुपामा नभएर शान्ती पुर्णरुपमा चाडपर्ब मनाउन आग्रह गर्नुु भएको छ ।कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासा,सुझावलाई जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायक निरीक्षक सन्तोष पाठकले सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया