Advertisement
SKIP THIS
भत्कियो सत्तागठबन्धन, आजै नयाँ मन्त्रीमन्त्रिपरिषद् बन्दै

काठमाडौं:अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार, आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् । ‘एमालेसँग भएको सहमति अनुसार नै प्रचण्डले देउवालाई भेट्न लाग्नु भएको हो । भेटमा नयाँ सहमति जुटेको कुरा नै भन्नु हुन्छ होला’, स्रोतले भन्यो ।

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ ।

तपाईको प्रतिक्रिया