Advertisement
SKIP THIS
“कोटीहोम”का जसरी अछामको बिकासको लागी कहिले एकजुट हुने ?

तारामान खड्का:अहिले अछाम जिल्ला धार्मीक मय भएको छ । करिव १ सय ४४ बर्षपछि फाल्गुन १० गतेबाट अछामको बैद्यनाथमा कोटीहोम लाग्दैछ । कोटीहोमको तयारी तिब्र रुपमा भईरहेको छ । कयौं समिती, समिती माथी समिती गठन गरिएका छन ।कोटहोमको राष्ट्रपति रामचन्द्र पौडेले उद्धघाटन गर्ने छन । कोटीहोमको तयारीका लागी अछाम १ बाट प्रतिनीधी सभा सदस्य माननिय शेर बहादुर कुवर अध्यक्ष ,अछाम क्षेत्र नं २ बाट निवार्चीत माननिय पुष्प बहादुर शाह सह अध्यक्ष,अछामबाट निवार्चीत सुदुरपश्चीम प्रदेश सभाका सदस्य, राष्ट्रीय आयोजका पूर्ब सदस्य डा.प्रेम बहादुर कुँवर,जिल्ला बिकास अछामका पुर्ब सभापती भरत कुमार स्वार र कृष्ण प्रशाद जैशी वरिष्ठ उपाध्यक्ष र अछामका १० ओटै स्थानिय तहका प्रमख लगायतका १२ जना उपाध्यक्ष रहेका छन । कोटीहोम सफल पार्न १९१ सदस्यि मुल आयोजक समिती, ३७ वटा उपसमिती र ९ सदस्यीय कार्य सम्पादन समिती गठन गरि काम अघि बढीरहेको छ ।

कोटीहोम सफल पार्न कुनै दल संगठन नभनेर सबै ब्यापारी,स्थानिय अगुवा,पत्रकार लागीरहेका छन। अहिले बैधनाथ क्षेत्रमा तयारी अवस्था बारे बैठक माथी बैठक भइरहेका छन । अरुबेला गरिव जनताको सामान्य काम गर्न समेत पैसा छैन, भन्ने अछामका स्थानिय तहहरुले दिल खोलेर लाखौं रकम कोटीहोमको लागी बजेट बिनीयोजन गरेका छन ।
बिकास निमार्णका कार्य गर्दा यो दल त्यो दल भन्ने अछामका दलहरु र दलका नेताहरु अहिले कोटीहोमका लागी भने अंगालो हालेर सफल पार्न लागिरहेका छन ।आफ्नो क्षेत्रमा त्यो पनि करिव १ सय ४४ बर्षपछि लाग्ने कोटीहोम त्यो पनि प्रचार प्रसार नभएको बैद्यनाथ क्षेत्रमा सञ्चालन हुदै छ यसलाई सफल पार्न लाग्नै पर्छ ।

कोटीहोम जसरी अछामका अलपत्र परेका बिकास निमार्ण कार्य सम्पन्न गर्न कहिले एकजुट हुने ।
२०२८ सालबाट निमार्ण थालिएको चिसापानी–जंगलघाट–मंगलसेन सडक होस वा २०५२ सालदेखि नै अध्ययन सुरु भएको २० मेगावाटको बुढीगंगा जलबिद्युत आयोजना होस् वा १५ बर्ष देखि निमार्ण भईरहेको अछाम दरवार होस् अथवा त्रीद्धेशिय सेती राजमार्ग सबैको अवस्था उस्तै छ ।अछाममा भईरहेका आयोजना कछुवा गति भन्दा पनि कम गतिमा भईरहेका छन ।
जसरी कोटीहोमको लागी न जात,ठाउ,बर्ग, भेग भनेर लागीरहेका छौ, अब अछामको बिकासका लागी यसरी नै लाग्नुपर्छ, तब मात्रै अछामको बिकास हुन्छ ।

कोटीहोमका जसरी लागेका भए आज अलपत्र अछामका आयोजना सम्पन्न भईसक्थे ,सरर सेती राजमार्ग हुदैँ चार पाच घण्टामा तराईका जिल्लाबाट भक्तजनहरु १ सय ४४ बर्ष पछि लाग्न लागेको कोटीहोम सहभागी मात्रै हुन्थेन यी क्षेत्रका धार्मीक तथा पर्यटकीय क्षेत्रको महत्व पनि उस्तै बढ्थ्यो ।राज्यको निती निमार्ण तहमा पुगेर पनि अछामको बिकासको लागी काम गर्न नसकेका केही नगन्य काम गरेपनि मैले गरे भन्दै जसमात्रै खोज्नेहरुले अछामको बिकासका लागी कहिले एकजुट हुने । कोटीहोम सफल पार्न अंगालो हालेका दलहरु तिनका नेता ती दलबाट निवार्चीत जनप्रतीनिधीहरु अछामका यी बिकास निमार्ण सम्पन्न गराउन एकजुट हुन्छन या कोटीहोममै स्वाहा , हुन्छन यो हेर्न बाकी अछामी जनता आतुर छौं । बाबा बैधनाथले अछामको बिकासको लागी एकजुट हुने सदबुद्धि दिउन ।

तपाईको प्रतिक्रिया