Advertisement
SKIP THIS
फागुन १ गते बिदा छैन, गृह मन्त्रालय

काठमाडौंः सरकारले फागुन १ गते मङ्गलवारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ। गृह मन्त्रालयले सोमवार सूचना जारी गर्दै जनयुद्ध दिवसको बिदा कायम नरहेको जनाएको हो।

गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिए।

नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलवारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी सूचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया