Advertisement
SKIP THIS
आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै

काठमाण्डौं:इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ।

आलमविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजालसमा पेसी तोकिएको छ।

२०६४ सालको संविधानसभा निर्वाचनको समयमा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेका उनीविरुद्ध आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।

यसअघि पुष २९ गते पनि उनीविरुद्धको मुद्दाको पेसी स्थगितको सूचीमा परेको थियो । ७ न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालत रौतहटमा २ जना मात्र न्यायाधीश उपस्थित भएपछि मुद्दा स्थगितको सुचीमा परेको थियो ।

२०७६ कात्तिक १८ मा उनीविरुद्ध ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

तपाईको प्रतिक्रिया