Advertisement
SKIP THIS
टिकापुर जग्गा प्रकरण: २४९ जना बिरुद्ध विशेष अदालतमा मुद्धा हुदैँ

काठमाडौँ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टिकापुर जग्गा प्रकरणमा संलग्न २४९ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ताकाे तयारी गरेको छ ।

जग्गा प्रकरणमा मुछिएका कांग्रेस सभापति पत्नी एवम् नेतृ आराजु राणा देउवा र रेशम चौधरीलाईबाहेकलाई अख्तियारले मुद्धा दर्ता गरेको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले टीकापुर जग्गा भ्रष्टाचार मुद्धाको फाइल अदालतमा आइपुगेको सिधाकुरालाई बताए ।

‘जग्गा प्रकरणमा मुछिएका २४९ जनालाई प्रतिवादी बनाएर अख्तियारले मुद्धाको फाइल ल्याएको छ । अहिले दर्ताका लागि रुजु गर्ने काम भइरहेको छ,’ प्रवक्ता कार्कीले भने ।

तपाईको प्रतिक्रिया