Advertisement
SKIP THIS
रमित ढुंगानाको ‘नमेटिने घाउ’ चलचित्रमा केपि ओलि खेल्दै

काठमाडौँः नायक रमित ढुंगानाको निर्देशनमा फिल्म ‘नमेटिने घाउ’ बन्ने भएको छ।

एसिड आक्रमण घटनाका पीडितको कथावस्तुमा उक्त फिल्म निर्माण हुने औपचारिक घोषणा भएको छ। आइतवार आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा निर्माता रमित ढुंगानाले फिल्मबारे जानकारी दिए। यो फिल्ममा केपि ओलीले प्रधानमन्त्रीको भूमिकामा केमियो रोलमा अभिनय गर्ने समेत जानकारी गराइएको छ।

यो फिल्ममा निर्देशक समेत रहेका ढुंगाना पनि केमियो रोलमा देखिने भएका छन्। फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, रचना गौतम, सिम्रन खड्का, सुप्रज्ञा शर्माले समेत अभिनय गर्दैछन्। माघ २५ गतेदेखि फिल्म छायांकन गर्ने तयारी छ। एसिड आक्रमणका घटना भएका ठाउँहरु पोखरा, वीरगञ्ज, रौतहटको चन्द्रपुर, भक्तपुर, बनेपा, नवलपुर र पनौतीमा छायांकन हुने भएको छ।

पटकथा लेखक शिवम् अधिकारीले साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन्। यो फिल्म रमितको डेब्यु निर्देशकीय फिल्म समेत हुनेछ भने निर्माणको रुपमा तेस्रो। यसअघि उनले ‘माया नमार’ र ‘बुद्ध इज बर्न इन नेपाल’ फिल्मको निर्माण गरेका थिए।

तपाईको प्रतिक्रिया